दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो ।
मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर रुपमा मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुर्याएसँगै मेलम्ची आयोजना नै अनिश्चिन बनेको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले असार पहिलो साता र स...