निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बुधबार निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारलाई चिह्न प्रदान गरेको हो । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिसभा चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । डडेल्धुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका ३ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिए