उदयपुर – उदयपुरमा सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि प्रभावित भएका नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरूलाई अस्थायी शिविर बनाएर राखिएको उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले जानकारी दिनुभयो । कतिपय प्रभावित विद्यालयमा आश्रय लिइरहेका छन् भने कतिपय आफन्तकोमा बसेका छन् ।
बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटबाट ५० मिटर लामो बाँध भत्काएर सप्तकोसी नदी बस्तीमा छिरेको हो । सप्तकोसीले आफ्नो धार परिवर्तन गरेका कारण बाढी र डुबानको समस्या बढेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ...