कृषि तथा पशुपन्छी विकास मन्त्रालयले इजरायल देशको प्राविधिक सहयोगमा सेन्टर अफ एक्सलेन्सी (सिकाइको उत्कृष्ट थलो) सञ्चालन गर्ने भएको छ । कृषि मन्त्रालय र इजारायली दूतावासबीच यसका लागि सम्झौता पनि भइसकेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो । पहिलो चरणमा तीन ठाउँमा यो सेन्टर स्थापना गर्ने छलफल भएको छ । सर्लाहीको बृहत् बागवानी स्रोत केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्
(नार्क) काठमाडौँको खुमलटार र अर्को नेपाली सेनाले लमजुङमा आफैँले सञ्चालन गर्दै आइरहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा सो सेन्टर स्थापना गर्ने भएको छ ।