माल्दिभ्सले कोभिड-१९ विरुद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको छ। स्थानीय सञ्चार माध्यमहरूले कोभिड–१९ को महामारी तथा असक्तताका कारण घरभन्दा टाढा पुगेर सेवा लिन असमर्थ समुदायलाई लक्षित गरी मोबाइल खोप सेवा सरकारले उपलब्ध गराउन लागेको समाचार प्रकाशन/प्रशारण गरेका छन्।