ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचन आयोगले लाभको पदमा बसेर उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेज गरेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा अदालतले डा. कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो । नेपाल स्वतन्त्र …