वीर अस्पतालले प्रत्येक साता आइतबार अस्पताल परिसरभित्र रक्तदान शिविर आयोजना गर्ने भएको छ । शिविरमा चिकित्सक, नर्स, कर्मचारीदेखि लिएर बिरामीका आफन्त, सर्वसाधारणसम्मले रक्तदान गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्र्तगत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाईएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको […]
The post वेपत्ता पाँच जना नर्स बीर अस्पतालबाट हटाइए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- वीर अस्पताल तथा कोभिड-१९ केन्द्रीय अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गरेको छ । स्टाफ नर्स पाँचौ तहकी सम्झना श्रेष्ठ, सुशिला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवामुक्त गरिएको अस्पतालले सूचना गरी जानकारी दिएको छ ।
पाँचै जना नर्सलाई पटक-पटक सूचना जारी गर्दा पनि हाजिरीका लागि उप...
काठमाडौं (अस) । ‘धन्यवाद’ थिमको दसैं अभियानअन्तर्गत हिस्साको रूपमा कोका–कोलाले कोभिड–१९ को समय खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैरसरकारी संस्थालगायत विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । कोका–कोलाले दुई ठूला कोभिड–१९ पाटन अस्पताल र वीर अस्पताल र आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु एवं सानो पाइलाजस्ता विभिन्न गैरसरकारी संस्थामा आफ्नो पहुँच पुर्याएको छ ।
कोका–कोलाले अग्रपंक्तिका नायकसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्स बाँड्दै आइरहेको छ, जसमा व्यक्तिगत कोकको बोतलका साथै कोका–कोलाको कन्टुर ग्लास समावेश रहेको छ । कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काले वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्न सहभागी भएको कम्पनीले बताएको छ ।
‘कोभिड–१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीलाई सेवा प्रदान गरेका थियौं । यो अभियानमा नर्स, क्लिनर, वार्ड टिम र डाक्टर सबैले निःस्वार्थ सेवा गरेकै कारण संकटलाई जित्न सफल भएका हौं । महामारीको अग्रपंक्तिमा रहेका कामदारप्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले सम्मानित महसुस गराएको छ’, वीर अस्पतालका प्राध्यापक भूपेन्द्रकुमार बस्नेतले भने ।
विगत डेढ वर्ष कठिन समय रहे पनि पनि फ्रन्टलाइनर कामदारको सहयोगले सम्भव नहुने चुनौती पार गर्दै आएको बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले बताए । उनले भने, ‘सबैको सामूहिक प्रयासले हामीलाई बलियोे बनाएको छ । धन्यवाद ज्ञापन यसैको प्रतिफल हो ।’
काठमाडौं । वीर अस्पतालले ५० जना नर्सका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले छ महिने करार सेवामा नियुक्तिका लागि ५० जना नर्स माग गरेको हो ।
आवेदनका लागि बिहीबारसम्मको म्याद तोकिएको छ ।
त्यस्तै भक्तपुर क्यान्सर अस्पतालले विभिन्न ६ पदमा कर्मचारीको माग गरेको छ । अस्पतालले ६ महिने करार सेवामा १४...
टेन्डरमा गुणस्तरीय र सस्तो उपकरण दिँदा पनि यो समूहले कमिसन लिँदै महँगोमा करोडौँको सामान खरिद गरिरहेको स्रोतको दाबी छ । सो सम्बन्धमा उच्च अदालतमा समेत मुद्दा दायर भएको जनाइएको छ । यो समूहले २० जना भन्दा बढी स्टाफ नर्स १० जना फार्मेसीमा कर्मचारी गैर कानुनी तरिकाले नियुक्ति गरेका छन् ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ ।
वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्कनुभएको छ ।