एकजना जिउँदो मान्छे, ज्यूँदो कलम र निर्भीक कलमजीवी– जो उदार पञ्च भइकन अनुदार पञ्च खेमा र भूमिगत गिरोहको उपहारस्वरूप मिर्मिरे बिहानीमै गोलीको सामना गरेर पनि नेपाली इतिहासको अत्यन्त सम्मानित र स्मरणीय पात्रका रूपमा अन्धकार विरुद्धको उज्यालो जूनका रूपमा चम्किरहेका छन् ।
काठमाडौं (अस) । ‘धन्यवाद’ थिमको दसैं अभियानअन्तर्गत हिस्साको रूपमा कोका–कोलाले कोभिड–१९ को समय खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैरसरकारी संस्थालगायत विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । कोका–कोलाले दुई ठूला कोभिड–१९ पाटन अस्पताल र वीर अस्पताल र आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु एवं सानो पाइलाजस्ता विभिन्न गैरसरकारी संस्थामा आफ्नो पहुँच पुर्याएको छ ।
कोका–कोलाले अग्रपंक्तिका नायकसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्स बाँड्दै आइरहेको छ, जसमा व्यक्तिगत कोकको बोतलका साथै कोका–कोलाको कन्टुर ग्लास समावेश रहेको छ । कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काले वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्न सहभागी भएको कम्पनीले बताएको छ ।
‘कोभिड–१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीलाई सेवा प्रदान गरेका थियौं । यो अभियानमा नर्स, क्लिनर, वार्ड टिम र डाक्टर सबैले निःस्वार्थ सेवा गरेकै कारण संकटलाई जित्न सफल भएका हौं । महामारीको अग्रपंक्तिमा रहेका कामदारप्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले सम्मानित महसुस गराएको छ’, वीर अस्पतालका प्राध्यापक भूपेन्द्रकुमार बस्नेतले भने ।
विगत डेढ वर्ष कठिन समय रहे पनि पनि फ्रन्टलाइनर कामदारको सहयोगले सम्भव नहुने चुनौती पार गर्दै आएको बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले बताए । उनले भने, ‘सबैको सामूहिक प्रयासले हामीलाई बलियोे बनाएको छ । धन्यवाद ज्ञापन यसैको प्रतिफल हो ।’