हुलाकी सडकअन्तर्गत पर्साको चमरी–ठोरी खण्डको ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै ठेकेदार कम्पनीले आयोजना हस्तान्तरण गरेको छ । हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३० किमि लामो यो खण्ड निर्माणको ठेक्का पाएको बानियाँ/कालिका जेभीले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेको हो ।