रुपन्देहीको तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै बुटवलमा आइतबार नाराबाजी भएको छ । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरेका थिए । अहिले घर–जग्गा व्यवस्थापनको टुङ्गो नलागी काम अघि बढाउँदा सयौं विस्थापित हुने भन्दै आज बुटवल नगरपालिका अगाडि स्थानीयले नाराबाजी गरेका हुन् । करिडोर क्षेत्रभित्रका घर–टहरा तथा जग्गाका समस्याहरु समाधान नगरी निमार्ण काम गर्न नहुदै भन्दै आन्दोलनमा आएको संघर्ष समितिका संयोजक आ