सिद्धार्थ बैंकले ल्यायो मासिक ब्याज भुक्तानी हुने योजना

काठमाडौं (अस) । सिद्धार्थ बैंकले मासिक रूपमा ब्याज भुक्तानी हुने ‘प्लाटिनम प्लस’ बचत खाता योजना ल्याएको छ । बैंकले वार्षिक ८ दशमलव ०३ प्रतिशत ब्याजदर मासिक रूपमा भुक्तानी हुनेगरी उक्त योजना ल्याएको हो ।   बचत खातामा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकलाई लक्षित गर्दै उक्त खाता योजना ल्याइएको बैंकले बताएको छ । ‘प्लाटिनम प्लस’ बचत खाता खोल्ने ग्राहकलाई मासिक भुक्तानीका साथै प्राथमिकतासहितको बैंकिङ सेवा, पहिलो वर्षका लागि लकर सेवामा ५० प्रतिशत छूट, डेबिट कार्ड, लगायत सेवा उपलब्ध गराइने जानकारी बैंकले दिएको छ । त्यस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, यूएनओ क्रेडिट कार्ड, डिम्याट, मेरो शेयर, सी–आस्बा लगायतका सेवा उक्त खाता खोल्ने ग्राहकलाई उपलब्ध गराइने बताइएको छ ।

सम्बन्धित सामग्री

बिओकेले ल्यायो रिकरिङ र रिभर्स रिकरिङ खाता योजना, ११.०३ प्रतिशत ब्याज

बैंक अफ काठमाण्डूले ११.०३ प्रतिशत ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ।  ग्राहकहरुको लागि वित्तीय ब्यावस्थापन सहित ११.०३ प्रतिशतको ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याईएको बैंकले जनाएको छ । बैंकका अनुसार यस निक्षेप खातामा बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । यस खातामा न्यूनतम् रु १,००० देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यदि रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०%सम्म कर्जा पाउने ब्यवस्था रहेको बैंकले जनाएको छ ।  बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक बैंकले सार्वजानीक  गरेको जनाएको छ ।  बैंकका अनुसार वर्तमानको वित्तीय ब्यवस्थापन सहित आर्कषक ब्याजदरको ब्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुबिधा रहेको छ । न्यूनतम् कुल मौज्दात रु २ लाख भएको यस खातामा ग्राहकहरुलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय ब्यवस्थापन अवधि रहेको बैंकले जनाएको छ । रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुबिधा रहेको बैंकले उल्लेख गरेको छ ।हालसम्म बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खाता योजना

सिद्धार्थ बैंकले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकको रोजाइमा यो बचत खाता पर्ने विस्वास लिएको बैंकले जनाएको छ ।आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । यस्तै प्रायोरिटी बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट, (पहिलो […]

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक

काठमाडौँ – महालक्ष्मी विकास बैंकले नयाँ बचत योजना महालक्ष्मी बचत वृृद्धि खाता सार्वजनिक गरेको छ। मात्र रु ५१ मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्घि खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरुको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिनेछ। यस आकर्षक […]

‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक, ८.५५ प्रतिशत ब्याज पाइने

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक गरेको छ । मात्र रु. ५१ मा खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरि मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका  ग्राहकहरुको रु.पाँच लाखको दुर्घटना मृत्यु वीमासमेत गरिएको छ ।साथै, निःशुल्क अन्तर शाखा कारोबार, मोबाइल बैंकिङ सुविधा, अनलाइन बैंकिङ सुविधा, भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निः

महालक्ष्मी विकास बैंकको नयाँ खाता योजना: दैनिक मौज्दातमा ब्याज गणना

महालक्ष्मी विकास बैंकले महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ। ५१ रुपैयाँ मै खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजना अन्तगर्त खाता खोलेका ग्राहकहरुको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । त्यस्तै ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्ने बैंकले जनाएको छ ।  बैंकका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।

टिभिएसको मोटरसाइकल तथा स्कूटर अब ५ हजार ९९९ मात्र

ग्राहकहरुका लागि टिभिएसले नयाँ योजना लिएर आएको छ । ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट कम भुक्तानी तिरेर नयाँ टिभिएस चढ्न पाउने भएका छन् । यसरी एक्सचेज्च गर्दा ग्राहकले मासिक इएमआइ न्युनतम मात्र ५ हजार ९९९ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।ग्राहकहरुले शुन्य प्रतिशत ब्याज तथा स्पट एक्सचेन्जको पनि सुविधा पाउने भएका छन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस योजनाको बारेमा बोल्दै जगदम्बा मोटर्सका सिइओ तथा निर्देशक दिपक अग्रवालले

मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ ।  ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ । साथै पहिलो वर्षको...

मुक्तिनाथ बैंकको नयाँ योजना : मासिक ब्याजको साथमा १० लाखको दुर्घटना बीमा

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले  उच्च ब्याजदर सहित १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सूविधा भएको मासिक ब्याज आर्जन हुने खाता संचालनमा ल्याएको हो ।बैंकका अनुसार यस खाता योजनामा ग्राहकहरुले १० हजारको न्यूनतम मौजदात खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी गरिने छ। साथै पहिलो वर्षको लागि निशूल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गरिने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

‘मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी’

काठमाडौँ– ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने  नाराका साथ अघि बढेको मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि‘ बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकको निरन्तर हितका लागि विभिन्न योजना ल्याएको बैंकले साउन महिनामा सबैभन्दा उच्चतम वार्षिक ब्याजदर दिने समेत घोषणा गरेको छ । उसले मासिक रुपमा समेत सोही ब्याज भुक्तानी गर्ने बैंकका बजारीकरण प्रबर्द्धन […]

सांग्रिला डेभलोपमेन्ट बैंकको नारी बचत खाता योजना

नारी दिवसको अवसरमा सांग्रिला डेभलोपमेन्ट बैंकले आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखेर नारी बचत खाताको सुरुवात गरेको छ । यो विशेष गरी १८ वर्ष पूरा भएका महिलाहरुको हितका लागि उच्चतम ब्याजदरका साथै बचत प्रोत्साहन गर्नका लागि सुविधा प्रदान गरीएको बैंकले जनाएको छ ।यसले खाता खोल्ने ग्राहकका लागि वाषिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा […]