लिङ्गका आधारमा शक्तिशालीबाट कमजोरमाथि गरिने भेदभावपूर्ण व्यवहार नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा स्थापित असमान शक्ति सम्बन्धबाट उत्पन्न हुन्छ । महिला वा पुरुष भएकै कारण हाम्रो समाजले छुट्टयाई दिएको काम, जिम्मेवारी तथा भूमिकाहरूको आधारमा गरिने भेदभाव वा हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । अर्थात् कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा गरिएको हिंसा नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा महिला, पुरुष वा तेस्रो लिङ्गीमाथि हुने हिंसा मात्र नभएर मानव अधिकारकै हनन ह