बेनी नगरपालिका वडा नं. १ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । उनी पानी खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन् ।
बेनी नगरपालिका वडा नं. १ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । उनी पानी खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन् ।
आँगनमा धारा र गाउँमा ट्यांकी छ । धारा–ट्यांकी बनेदेखि पानी आएको कसैले देखेका छैनन् । पिल्कोटका हरेक गृहिणीले दैनिक कम्तीमा ३ घण्टा खानेपानीको जोहोका लागि छुट्याउनुपर्छ । ‘आज पानीको जोहो भयो भने भोलिको चिन्ता सुरु हुन्छ,’ स्थानीय देवकी खड्काले भनिन्, ‘आधा उमेर बितिसक्यो जहिले पनि खानेपानीकै पिरलो रह्यो ।’
आँगनमा धारा छ तर पिउनयोग्य पानी भने आउँदैन । गोरखा नगरपालिका–८ बाह्रबिसेकी पुष्पा परियार दैनिक आधा घण्टा समय खर्चिएर पिउने पानीका लागि चित्रेधारा पुग्छिन् । ‘चित्रेधाराको पानी वर्षौंदेखि खाइरहेको हो,’ उनले भनिन्, ‘आँगनको धारामा आएको पानी खान मिल्दैन, धमिलो लेदो आउँछ, सफा पानी खोज्दै मूल नधाई सुखै छैन ।’