आँगनमा धारा र गाउँमा ट्यांकी छ । धारा–ट्यांकी बनेदेखि पानी आएको कसैले देखेका छैनन् । पिल्कोटका हरेक गृहिणीले दैनिक कम्तीमा ३ घण्टा खानेपानीको जोहोका लागि छुट्याउनुपर्छ । ‘आज पानीको जोहो भयो भने भोलिको चिन्ता सुरु हुन्छ,’ स्थानीय देवकी खड्काले भनिन्, ‘आधा उमेर बितिसक्यो जहिले पनि खानेपानीकै पिरलो रह्यो ।’