एजेन्सी । कार्लोस एन्सेलोट्टी र रोनाल्ड कोम्यान विगत चार दशकदेखी विश्व फुटबल मञ्चमा छन् । इटालीका एन्सेलोट्टीले १९७६ मा पार्माबाट व्यावसायिक फुटबलमा डेब्यू गरेका थिए । नेदरल्यान्ड्सका कोम्यानले १९८० मा ग्रोनिनजेनबाट डेब्यू गरे । खेलाडी जीवनमा उनीहरु एकपटकमात्र आमने सामने भए पनि प्रशिक्षकका रुपमा चारपटक एक अर्काविरुद्ध खेलिसकेका छन् ।...