समानुपातिकबाट सम्मानजनक मत प्राप्त गर्ने अपेक्षासहित सञ्चारकर्मी लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी
समानुपातिकबाट सम्मानजनक मत प्राप्त गर्ने अपेक्षासहित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका छन् । उनले देशभरिबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले पार्टी बनाएको स्पष्ट गरेका छन् ।
सञ्चार क्षेत्रबाट राजनीतिमा...
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए ।
रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनको पार्टीको नामले ‘स्वतन्त्र’ उम्मेदवारलाई आघात पुग्ने र यसले भ्रम छर्ने भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो। स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन् ।
सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका छन् ।आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन् । दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको […]
सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । उनले भ्रातृ संगठन नबनाउने घोषणा समते गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिकबाट चन्दा संकलन नगर्ने,पार्टीमा परिवारवाद निषेध गर्ने र पार्टीमा क्षमता […]
काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्।मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।'आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छु', उनले भने।
काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पार्टीको नाम घोषणा गरेका छन् । उनले आज आयोजित घोषणासभा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नाम घोषणा गरेका हुन् ।