भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश (यूपी) र पञ्जाब समेत १६ राज्यमा सक्रिय संक्रमित घटेका छन् ।
पछिल्लो २४ घण्टामा दैनिक संक्रमण दरमा करीब ४ प्रतिशत कमी आएको छ । भारतमा थप २ लाख ५१ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ भने ६२७ जनाको मृत्यु भएको छ ।
एकैदिन थप ३ लाख ४७ हजार ४४३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।