भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६६ जनामा कोरोना संक्रमण पाइएको छ ।२४ घण्टाभित्र कोरोना संक्रमणबाट ६४१ जनाको मृत्यु भएको छ भने ४१ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।भारतको केरलमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । मंगलबार सो राज्यमा २२ हजार १२९ संक्रमित थपिएका छन् । केरलमा एकै दिनमा यति धेरै संक्रमित भएको दुई महिना यताकै पहिलो पटक हो । यसअघि गत मे २९ मा केरलमा एकै दिन २३ हजार ५१३ जना संक्रमित पाइएका थिए ।भारतमा अहिलेसम्म ३ करोड १४ लाखभन्दा बढी संक्रमि