वेदव्यासको १०८ फिट अग्लो मूर्ति छिटै निर्माण हुन्छ : मन्त्री लम्साल

तनहुँ : गण्डकी प्रदेश उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले तीनै तहको सहकार्यमा चार वेद अठार पुराणका रचयिता भगवान वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण हुने बताए।  वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माणार्थ व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषद्वारा गत माघ २० गतेदेखि सञ्चालित श्रीमद् भागवत् सप्ताह विराट ज्ञा...

सम्बन्धित सामग्री

पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् । धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका मूर्ति, संस्कृति झल्काउने भेषभूष, गरगहना, मुकुण्डोसहित संग्रहालयको निर्माण गरिएको छ । पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला,...

कोलकातामा पनि मनाइयो भानु जन्मजयन्ती

कोलकातामा बसोबास गर्ने नेपाली समुदायले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती मनाएका छन् । नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा आज आयोजित कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद गरी नेपाली भाषाको विकास गर्न योगदान पुर्याएको चर्चा गरे ।पश्चिम बङ्गालका समन्वय मन्त्री अरुप रायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गर्दै आदिकविको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।समितिका अध्यक्ष बद्री

मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

काठमाडौँ,१२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाको शनिबार एक कार्यक्रमबीच उनले शिलान्यास गरेको हो । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत रु नौं करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा घरबास, झरनास्थलमा शिवको मूर्ति, रुपसकाँडा–बाँझिलेक […]

पर्यटन मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाको शनिबार एक कार्यक्रमबीच उनले शिलान्यास गरेका हुन् । क्रमागत योजनाका रुपमा कार्यान्वयन हुने उक्त आयोजनाअन्तर्गत रु नौं करोडको लागतमा रुपसकाँडा र बाँझिलेकमा घरबास, झरनास्थलमा शिवको मूर्ति, रुपसकाँडा–बाँझिलेक जोड्ने […]

विश्वमा कला र संस्कृति पुर्‍याउन हस्तकलाको महत्वपूर्ण भूमिका : प्रम देउवा

मंसिर ३,  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्‍याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल हस्तकला महासंघको १८ औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई शुक्रवार राजधानीमा सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रोजगारी सृजनामा समेत यो उद्योगले सहयोग रहेको बताउनुभयो ।            ‘हस्तकला उद्योगले आधुनिकतासँग मिल्नेगरी सामग्री निर्माण गर्नुपर्छ, यसले अझै विश्वजगत्मा हस्तकलालाई चिनाउन सहयोग गर्छ, यसबाट हस्तकलाका सामग्री विक्री वितरणमा पनि मद्दत पुग्छ, यसकै माध्यमबाट प्राचीन कला, संस्कृति विश्वभर फैलन्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।            हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले पनि यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सहयोग संगठन(सार्क) हस्तकला विकास केन्द्रका माध्यमबाट पनि नेपाली हस्तकलालाई विश्वभर फैल्याउने गरी काम अघि बढाइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।            कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले हस्तकलाले देशको कला, संस्कृतिलाई देशविदेशमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताए। ‘ढुङ्गा र धातुका मूर्ति, काष्ठकलाका चित्र, मिथिला कला चित्रलगायत हस्तकलाका सामग्री बनाइ विदेशमा निर्यात व्यापार प्रवर्द्धन गर्न सकिन्छ, यसबाट हाल ८० देशमा वार्षिक ६ खर्ब रुपैयाँको हाराहारीमा भइरहेको हस्तकलाको व्यापार वृद्धि गर्न मद्दत पुग्छ’, उनले भने ।          महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको मौलिक उद्योगका रुपमा रहेका हस्तकलाले २०४८ देखि नै व्यापार प्रवर्द्धनका लागि सरकारसँगको सहकार्यमा मेला आयोजना गर्दै आएको जानकारी दिए। हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको उनले बताए ।            ‘हस्तकलाले आन्तरिक रोजगारी सृजनामा सहयोग गरेको छ, नेपाल आउने पर्यटकले चिनोका रुपमा लैजाने सामग्रीका रुपमा हस्तकला उद्योग उपयोग हुने गरेको छ, कोभिडको जोखिम कायमै रहेपनि वार्षिक रु छ अर्बको सामग्री विदेश निर्यात हुने गरेको छ’, अध्यक्ष शाक्यले भने ।            हाल आन्तरिक बजारमा वार्षिक २ अर्ब रुपैयाँको हस्तकलाका सामग्री वितरण हुने गरेको छ । हस्तकला उद्योगले ८ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगारी दिएको छ । त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सार्क हस्तकला विकास केन्द्र निर्माण सम्पन्न भई सञ्चालन हुने तयारीमा रहेको छ । महासंघले हस्तकला ग्रामको अवधारणा दुई दशकअघिदेखि अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । हस्तकला नीति बनाएर सरकारलाई बुझाएको एक दशक पुग्न लाग्दासमेत जारी नभएको महासंघले बताएको छ ।            व्यापार मेला संयोजक रबिन्द्र शाक्यले विसं २०२९मा स्थापना भएको महासंघमा हाल ४ हजार २५५ जना सदस्य रहेको जानकारी दिए। महासंघको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औं कला नगरी घोषणा गर्न सफल भएको उनले सुनाए । मंसिर ५ गतेसम्म सञ्चालन हुने मेलामा १ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यापार मेलामा ५ करोड रुपैयाँका हस्तकलाका सामग्री विक्री वितरण गर्ने लक्ष्य राखिएको आयोजक समितिले बताएको छ ।            कोरोना महामारी शुरु भएपछि विदेशी पर्यटक घटेका कारण हस्तकला उद्योगमा समस्या आएकाले आन्तरिक बजार प्रवर्द्धनमा सरकारले सहयोग गर्नुपर्ने कार्यक्रम संयोजक शाक्यको माग छ । मेलाका लागि सरकारी निकाय निर्यात प्रवर्द्धन केन्द्रले पहिले लागतको आधा सहयोग गर्ने गरेकामा कोरोना महामारीबाट हस्तकला उद्योगको व्यापार घटेका बेला घट्नु दुःखद् भएको बताए ।            मेलामा हस्तकलाका ४२ ओटा विधाका १२० ओटा कक्ष राखिएको छ । कार्यक्रममा महासंघले प्रकाशन गरेको हस्तकला उद्योग डाइरेक्ट्री र संस्कृत भाषामा लेखिएको साधनामाला ग्रन्थको नेपाली अनुवादको प्रधानमन्त्री देउवाले विमोचन गर्नुभएको थियो । हस्तकलाका सामग्रीको अनलाइन मार्केटिङका लागि इकला पोर्टलको पनि उहाँले शुभारम्भ गर्नुभएको छ । पोर्टलका माध्यमबाट हस्तकला उद्योग प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको बताइएको छ ।रासस

रामसीताको रथयात्रालाई देवघाटमा स्वागत, माडीमा स्थापना गरिने

प्रधानमन्त्री निवास बालुवाटारबाट मंगलबार बिहान हिडेको रामसीतासहितको मुर्ती चितवनको देवघाटमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम–सीताका मूर्ति हस्तान्तरण गरी विहान हिडेको रथयात्रा साँझ चितवन र तनहुको संगम देवघाटमा आएको हो । गाडीलाई रथ आकार निर्माण गरिएको मुर्ती लिएर आएको साधानलाई संस्कृति मन्त्री भानुभक्त ढकालले स्वागत गर्नु भएको छ ।मंगलबार साँझ र वुधाबार विहान विशेष पुजा गरेर वुधबार माडीको अयोध्यापुरीमा राखिने कार्यक्रम रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले जानकारी दिनु भयो । पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकालको उपस्थितिमा नै काटमाण्डौबाट आएको रथलाई स्वागत गर्नु भएको थियो । दर्जनौ गाडी सहित बाजागाजा भएर आएको टोली मंगलबार देवघाट बस्नेछन् ।वुधबार विहान विशेष पुजा गरेर माडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मंगलबार विहान प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्त लगायतको उपस्थिति रहेको छ ।

अरनिकोको मूर्तिमा चासो बढ्दै

राष्ट्रिय विभूति अरनिकोको १७ फिट अग्लो धातुको मूर्ति निर्माणकै चरणमा अवलोकनकर्ताको चाप बढ्दै गएको छ । धातु मूर्ति निर्माणमा महŒवपूर्ण मानिने ‘क्ले मोडलिङ’ अर्थात् माटोको मूर्ति निर्माण सम्पन्न भएपछि अवलोकन गर्न आउनेको चाप बढ्दै गएको हो । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार मूर्ति अवलोकन गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले मन्त्री ढकालले अरनिकोको माटोको मूर्ति अवलोकन गर्नुभएको जानकारी दिँदै सो मूर्ति प्रतिस्थापनका लागि उपयुक्त स्थान खोजीमा सहयोग गर्न प्रतिष्ठानका तर्फबाट आग्रह गरिएको बताउनुभयो ।