प्रधानमन्त्री निवास बालुवाटारबाट मंगलबार बिहान हिडेको रामसीतासहितको मुर्ती चितवनको देवघाटमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम–सीताका मूर्ति हस्तान्तरण गरी विहान हिडेको रथयात्रा साँझ चितवन र तनहुको संगम देवघाटमा आएको हो ।
गाडीलाई रथ आकार निर्माण गरिएको मुर्ती लिएर आएको साधानलाई संस्कृति मन्त्री भानुभक्त ढकालले स्वागत गर्नु भएको छ ।मंगलबार साँझ र वुधाबार विहान विशेष पुजा गरेर वुधबार माडीको अयोध्यापुरीमा राखिने कार्यक्रम रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले जानकारी दिनु भयो ।
पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकालको उपस्थितिमा नै काटमाण्डौबाट आएको रथलाई स्वागत गर्नु भएको थियो । दर्जनौ गाडी सहित बाजागाजा भएर आएको टोली मंगलबार देवघाट बस्नेछन् ।वुधबार विहान विशेष पुजा गरेर माडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मंगलबार विहान प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्त लगायतको उपस्थिति रहेको छ ।