सोलुखुम्बुमा चौरी पालन व्यवसाय सङ्कटमा

सोलुखुम्बु – सोलुखुम्बुमा किसानहरु चौरी पालन पेसाबाट पलायन हुने क्रम बढेको छ । पेसामा बढी कष्ट सहनुपर्ने र आम्दानी कम हुने भएपछि नयाँ पुस्ता पेसाबाटै पलायन हुने क्रम बढेको हो । विगत १० वर्षको तुलनामा चौरी पालन ९० प्रतिशतले घटेको चौरी पालन महासङ्घका जिल्ला अध्यक्ष नुरु शेर्पाले बताउनुभयो। उहाँका अनुसार अहिले सोलुखुम्बु जिल्लामा लगभग १ सय ५० जना कृषकले ५ हजार चौरी तथा याक पालन गर्दै आइरहेका छन् । आफ्नो पुर्ख्याैली पेसा चौरी पालन भए पनि विभिन्न कठिनाइका कारण चौरी पालन छाडेर छुर्पी, सेरग्याम, घिउ ...

सम्बन्धित सामग्री

चौंरी संस्कृति जोगाउने प्रयास

पाँचथर । हिमाली तथा उच्चपहाडी क्षेत्रका सौन्दर्य हुन्, चौरी । चौंरी गोठ, चौंरीका बथान र चौंरीजन्य उत्पादनले चौंरी कृषकको आय आर्जनलाई बढाउँछ । सँगै त्यहाँको प्रकृति र परिवेशको सुन्दरतामा चमक पनि थपिदिन्छ । पूर्वोत्तर पाँचथरको उच्च भू–भागमा चौंरीपालने संस्कृतिले पुस्तौंदेखि निरन्तरता पाउदै आएको छ । यद्यपी पछिल्लो समय चौंरीपालन व्यवसाय धराशायी बन्दै गएको स्थानीयको भनाइ […] The post चौंरी संस्कृति जोगाउने प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई करोड रुपियाँ लगानी गरी गाउँमै बाख्रापालन

आफ्नै गाउँघरमा कृषि क्षेत्रमा केही काम गर्नुपर्छ भन्ने उद्देश्यले काभ्रेको चौरी देउराली गाउँपालिकाका तीन युवाले झण्डै दुई करोड रुपियाँ खर्च गरेर गाउँमा बाख्रपालन व्यवसाय सुरु गरेका छन् ।

कर्णालीमा गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन दिने योजना आगामी बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा गोठालालाई मासिक भत्ता दिने योजना ल्याउने तयारी भएको  जानकारी दिए । मन्त्रालयको बजेटमा गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन र अनुसन्धान केन्द्र स्थापनाको योजना समेत समेटिने उनले बताए । ‘मन्त्रालयलाई प्राप्त बजेट सिलिङ अनुसार गोठालाका लागि भत्ता, वृद्ध कृषकलाई पेन्सन र अनुसन्धान केन्द्र स्थापनालाई विशेष प्राथमिकतामा राखेको छु,’ उनले भने, ‘यस अघिदेखि सञ्चालनमा रहेका योजनाहरू केलाएर प्राथमिकताका योजनालाई मात्रै निरन्तरता दिइनेछ ।’ यस्तै सिँचाइ कुलो तथा सिँचाइ पोखरी निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए । क्रमागत योजनाहरू निरन्तर हुने र अन्य नयाँ योजनालाई आगामी बजेटमा समेट्नेगरी मन्त्रालयले तयारी गरेको जानकारी उनले दिए ।   प्रदेशमा रहेका कृषि पेशामा आबद्ध कृषकलाई पेन्सन उपलब्ध गराउन मन्त्रालयको आगामी योजना ल्याउन लागिएको मन्त्री शाहीले प्रस्ट पारे । उनका अनुसार कृषि पेशामा आबद्ध रहँदै ६० वर्ष उमेर नाघिसकेका कृषकका लागि मासिक ५ सय रुपैयाँ पेन्सन उपलब्ध गराइनेछ । कर्णालीका वृद्धवृद्धाका लागि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आए पनि कृषिमा थप प्रोत्साहन हुनेगरी कृषकलाई मासिक पेन्सन प्रदान गर्न लागिएको उनले बताए । यस्तै पशुपालन गरिरहेका कृषक गोठालालाई प्रोत्साहनका लागि भत्ता उपलब्ध गराइने कृषिमन्त्री शाहीले जानकारी दिए । त्यस्ता कृषकलाई मासिक १ हजार भत्ता दिने योजनाका साथ मन्त्रालय तयारीमा लागेको छ । कम्तीमा पाँच भैंसी, पाँच गाई, पाँच चौरी गाई, ५० बाख्रा र ५० भेडा पालेका कृषक ‘गोठालो भत्ता’ योजनाबाट लाभान्वित हुनेछन् । कर्णालीमा पशुपालन प्रवर्द्धनमा सघाउन उक्त कार्यक्रम ल्याउन लागिएको मन्त्री शाहीले बताए । प्रदेशलाई कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रमुख चार अनुसन्धान केन्द्र स्थापनाको योजना प्राथमिकतामा राखिएको मन्त्री शाहीले जानकारी दिए । औपचारिक हिसाबले विभिन्न अनुसन्धान केन्द्र स्थापना भए पनि व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ । ‘त्यसैले व्यावहारिक रूपमै कार्यान्वयन हुनेगरी अनुसन्धान केन्द्र स्थापनाका लागि मन्त्रालयको बजेट विनियोजन गरिनेछ ।’ उनका अनुसार प्रदेशमा कृषि अनुसन्धान, चौरी गाई अनुसन्धान, फलफूल अनुसन्धान र भेडा–बाख्रा अनुसन्धान केन्द्र स्थापना गरिनेछ । कर्णालीमा सम्बन्धित विषयक्षेत्रका विज्ञ एवं वैज्ञानिक राखेर अनुसन्धानको दायरा फराकिलो बनाइने मन्त्री शाहीले बताए । ‘अनुसन्धान पश्चात् कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन गर्न सकिने अपेक्षा गरेका छौं, उत्पादन बढे आत्मनिर्भर हुन सकिन्छ, सबै क्षेत्र आत्मनिर्भर भए समग्र मुलुक नै समृद्ध बन्न सक्छ ।’

चौँरी पालनको हब बन्दै जगदुल्ला

जाजरकोट : जगदुल्ला गाउँपालिका–४ चौँरीकोट मौरेलेख डोल्पामा चौँरीको बथानले वातावरण नै रमाइलो बनाएको छ। सुरुमा ५३ वटा चौरीबाट सुरु गरिएको यो फारम अहिले चौँरीको संख्या चारसय भन्दा बढी पुगेको छ।स्थानीयले समूहमार्फत सामूहिक रुपमा सुरु गरेको चाैँरी पालन व्यवसाय बिभिन्न निकायको सहयोगबाट फष्टाउँदै गएको हो। करिब चारहजार मिटरको उचाइमा रहेको मौरे लेखमा (भालु पाटन) व्यवसायिक चौरी पालन फर्मले स्थानीय सरकार र प्रदेश सरकारको संयूक्त लगानीमा चौँरी पालन सुरु गरिएको चौँरी पालन समूहका अध्यक्ष शक्तप्रसाद

तस्वीर : जगदुल्ला गाउँपालिका व्यावसायिक रुपमा पालिएको चौँरी

डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित भालुपाटन व्यवसायिक चौरी फार्ममा पालिएका ४०० भन्दा बढी चौँरी । प्रदेश सरकारको रू. ५० लाख र गाउँपालिकाको रू. ३३ लाखको लागतमा स्थानियले उक्त चौँरीपालन व्यवसाय गरेका हुन् । तस्वीर :  रासस

व्यवसायिक चौरीपालनप्रति घट्यो आकर्षण

सोलुखुम्बु : सात वर्षअघि सोलुदूधकुण्ड नगरपालिका–४ निवासी याङ्जी शेर्पाको घरमा २० वटा चौरी गाई थियो। अहिले चौरी गाईको गोठ रित्तो छ। पछिल्लो समय यहाँका किसानमा व्यवासायिक चौरीपालनप्रतिको मोह घट्दै गएको छ। चौरीपालनको आकर्षण घटेसँगै व्यवसाय नै संकटमा पर्दै गएको चौरीपालक किसानहरु बताउँछन्। एक दशकअघि यस क्षेत्र...

‘लोप हुन लागेको चौँरी व्यवसाय जोगाउन इलाम झरेँ’

इलाम ,  पुस १४ – पाँचथरमा चौँरीपालन व्यवसाय लोप हुँदै गएको थाहा पाएपछि पाँचथरका चौँरी व्यवसायी इलाममा आएका छन् । इलाममा चौरी व्यवसाय लोप ह...