उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

काठमाडौँ,१४ पुष । बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ । यस वर्षको उखु प्रतिकेजी […]

सम्बन्धित सामग्री

त्रिवेणी गाउँपालिकामा अदुवा उद्योग प्रशोधन उद्योग सञ्चालन हुँदै

जेठ १४, रुकुम । रुकुम पश्चिमको त्रिवेणी  गाउँपालिका ६ स्थित दहवाङमा  अदुवा प्रशोधन उद्योग सञ्चालन हुने भएको छ ।   जिल्लाको त्रिवेणी गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाको अदुवा प्रशोधन गरी विक्री गर्ने उद्देश्यले उद्योग सञ्चालनको तयारी थालिएको हो ।  हाल उद्योगका भौतिक संरचनाको काम भइरहेको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट त्रिवेणी श्रम सहकारी मार्फत उद्योग निर्माणको काम भइरहेको सहकारीका अध्यक्ष शेरबहादुर मल्लले बताए ।  उनका अनुसार उद्योगको ३ करोड ९६ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएकोमा हालसम्म प्रदेश सरकार र सहकारीको गरी १ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ । उद्योगमा राखिने मेशिनका केही पाटपुर्जा आइसकेको र मुख्य मेसिन आउन बाँकी रहेको उनको  भनाइ छ । उद्योगको मुख्य मेशिन भारतबाट ल्याइने भएकाले कोरोना र निषेधाज्ञाका कारणा कारण ल्याउन नसकिएको उनले बताए ।  भौतिक संरचना निर्माणको काम सकिएपछि उद्योग सम्मपुग्ने थ्रि फेज विद्युत्, ट्रान्सफरमर जडान लगायतका काम गरिने छ । दहबाङमा उद्योग निर्माणपछि अदुवा मात्र नभएर बेसार, अलैची, टिम्मुर पनि प्रशोधन हुने छ । बजारको माग अनुसारको मसला प्रशोधन गरिने अध्यक्ष मल्लको भनाइ छ । जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा उत्पादन हुने गर्दछ ।