काठमाण्डाै - भारतले आउँदाे शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदाे शनिबारदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । भारतले यसअघि नै आउँदाे जुलाईसम्ममा ३० करोड मानिसलाई खोप लगाउने घोषणा गरिसकेको छ । शनिबारदेखि सुरु हुने पहिलो चरणको खोप देशभरि निःशुल्क उपलब्ध गराउने खबरमा उल्लेख छ ।
भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्धको अभियानम...