लामो सास फेरेर तिमीलाई 'आई लभ यू' भन्न खोज्दै थिएँ। तर, मेरो मुखबाट भने 'आई.. आई..' मात्र निस्किएको थियो। मुटुको धड्कन पनि बढ्न थालेको थियो। अनि तिमी मुसुक्क मुस्कुराउँदै भन्यौ 'आई लभ यु टू।' त्यो क्षण खुसीले आफूलाई रोक्न सकिनँ। गहभरि आँसु लिएर मैले तिमीलाई अंगालोमा बेरी नै रहेँ।