बस्तीको पुनर्निर्माण पूरा

भीमेश्वर नगरपालिका–९ फूलबारी घुम्तीमा ३ दिन अघि स्थानीयहरु निकै तामझामका साथ खुशीयाली साटासाट गर्न व्यस्त भए । स्थानीय गुम्बामा परम्परागत धार्मिक विधि अनुसार पूजापाठ पनि गरे । यो दिन उनीहरुका लागि ५ वर्ष अघिकै सबैभन्दा खुशीको दिनका रुपमा लिए । २०७२ बैशाखको विनासकारी भूकम्पले ढलेका घर, विद्यालय र गुम्बा पुनर्निर्माण पूरा भएकाले उनीहरुको अनुहारमा खुशी छाएको थियो । गुम्बा समितिका उपाध्यक्ष पेम्बा लामाले भने “आजदेखि हाम्रा लागि भूकम्प विर्सने दिन हो ।” भूकम्पपछिका पुनर्निर्माण सकिएकाले अब भग्नावशेष समेत सकिएको उनले बताए ।

सम्बन्धित सामग्री

भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती

लमजुङ– भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्ता पाताको छाना हालिएपछि ग्रामीण भेग रङ्गिन देखिन थालेको छ । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रङ्गिन जस्ताले टल्किन थालेका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ । दुधपोखरी गाउँपालिका २ का वडाध्यक्ष गोविन्द दवाडीले […]

एकीकृत बस्ती पुनर्निर्माण

ललितपुर, वैशाख १२ । भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित ३२ जिल्लामा एकीकृत बस्ती विकासका लागि ६४ बस्तीलाई स्वीकृति दिइएकोमध्ये हालसम्म २० बस्तीको निर्माण सम्पन्न भएको हो । बाँकी ४४ बस्ती निर्माणाधीन रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका […]

आफ्नै पाैरखमा बस्ती पुनर्निर्माण गर्दै भूकम्प पीडित

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ थाक्लेमा भूकम्प पीडितका निर्माणाधीन घरहरु अन्य बस्तीको भन्दा भिन्नै छ । जिल्लाकै नमुना एकीकृत बस्तीको रुपमा चिनिने यहाँका हरेक घरमा राखनधरन अटाउने चोटो पनि छ । स्थानीय गाउँले आफैँले घरको ढाँचा तयार पार्दा घरको स्वरुप नै बदलिएको हो । शौचायलसहितको चार कोठाको घर...

सम्पदा बस्ती मौलिक स्वरुपमा पुनर्निर्माण गरिने

काठमाडौं – राष्ट्रिय पुननिर्माण प्राधिकरणले काठमाडौं उपत्यका भित्रका खोकना, बुङमती, सांखु, किलागल जस्ता सम्पदा बस्ती र उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजार जस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।  ...

दाताको सहयोगमा एक सय घर पुनर्निर्माण - Naya Patrika

विनाशकारी भूकम्पले क्षतिग्रस्त दोलखाको बैतेश्वर गाउँपालिका–३ स्थित यार्सा गाउँको पुनर्निर्माण भएको छ । दाताको सहयोगमा विद्यालय भवनसहित यार्साका ९९ घर रहेको बस्तीको पुनर्निर्माण भएको हो । बस्तीको पुनर्निर्माणमा जापानको टोकियोमा रहेका नेपाली...पूरा पढ्नुहोस् »

लाप्राक बस्तीको स्वामित्व घरधनीलाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको थप सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधीन बस्तीका घरहरू भूकम्पपीडित लाभग्राहीलाई चिट्ठामार्फत छुट्याई दिएको छ । एनआरएनएसँग एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका लाभग्राही परिवारलाई चिट्ठामार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो । सम्झौतामा लाभग्राहीले घरको जगमा लाग्ने ढुंगा, गिटी र काठ आफैं उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

पुननिर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।