आर्नोल्डले युरोकप फुटबल गुमाउने

  इंग्ल्यान्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले युरोकप फुटबल गुमाउने भएका छन् । थाइ चोटका कारण राइट ब्याक आर्नोल्डले युरोकप गुमाउने भएका हुन् । इंग्ल्यान्डले घोषणा गरेको टिममा २२ वर्षे आर्नोल्ड रहेका थिए । तर, बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्डले चोट बोकेका थिए । लिभरपुलका डिफेन्डर समेत रहेका आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

सम्बन्धित सामग्री

युरोकप फुटबल छनौटमा नेदरल्याण्ड्सद्वारा आयरल्याण्ड पराजित

काठमाडौं । युरोकप फुटबल छनौट खेलमा आइतबार राति नेदरल्याण्ड्सले रिपब्लीक अफ आयरल्याण्डलाई २–१ ले हराएको छ । जितसँगै नेदरल्यण्ड्सले युरोकप छनौट समुह बि मा ४ खेलबाट ९ अंक जोडेको छ । ५ खेलबाट १५ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा रहँदा तेस्रो स्थानको ग्रिसको पनि ९ अंक छ । युरोकप फुटबलकै अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १–० […]

युरोकप फुटबल : इंग्ल्याण्डद्वारा अष्ट्रिया पराजित

काठमाडौं । युरोकप महिला फुटबल इंग्ल्याण्डमा सुरू भएको छ । म्यान्चेस्टरमा बुधबार राति भएको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले हराएको छ । खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै इंग्ल्याण्डले समुह ‘ए’ मा ३ अंकसहित अग्रता लिएको छ । यही समुहको अर्को खेलमा आज […]

इङलिस गोलकिपर डिन हेण्डरसनले युरोकप गुमाउने

एजेन्सी। इंग्ल्यान्ड फूटबल टिमको दोस्रो रोजाईका गोलकिपर डिन हेण्डरसनले युरोकप फुटबल गुमाउने भएका छन्। हिप चोटका कारण हेण्डरसनले जारी युरोकप गुमाउने भएका हुन्। उनी सोमबार टिमको प्रशिक्षणमा उपस्थित भएनन्। म्यानचेस्टर युनाईटेडबाट व्यवसायीक खेल खेल्ने हेण्डरसनको स्थानमा इङलिस टोलीले आरोन राम्सडेललाई टिममा बोलाएको छ। युरोमा इंग्ल्यान्ड पहिलो खेलमा क्रोएसीयालाई १–० ले पराजित गरेको थियो।

युरोकप फुटबल : अस्ट्रिया र नेदरल्यान्ड्स विजयी सुरुवात

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत गएराति भएकाे खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डेवले एक गोल फर्काए ।  गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले हरायो । नेदरल्यान्ड्सका जर्जिनियो विनाल्डम, वाउट वेगहोस्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए । नेदरल्यान्ड्सले ५२, ५८ र ८५ औं मिनेटमा गोल गर्यो । ...

युरोकप आजबाट, इटाली र टर्की भिड्दै

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) शुरू हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरू हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पहिलो पटक ११ देशमा आयोजना हुँदैछ युरोकप

१३ जेठ, काठमाडौं । मिनी विश्वकपको रुपमा चर्चित युरोकप फुटबल पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । यसअघि एक वा दुई देश मिलेर युरोकप आयोजना गर्ने गरेका थिए । अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले आयोजना गरेको छ भने  तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए । युरोकप […]

स्टेगेनले युरोकप गुमाउने

एजेन्सी। घुडाको चोटको शल्यक्रिया गर्ने भएपछि जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन्। स्टेगेनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चोटका कारण आफूले युरो गुमाउने बताउँदै प्रतियोगिता गुमाउनु पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा आयोजना हुँदैछ।

स्टेगेनले युरोकप गुमाउने

एजेन्सी। घुडाको चोटको शल्यक्रिया गर्ने भएपछि जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन्। स्टेगेनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चोटका कारण आफूले युरो गुमाउने बताउँदै प्रतियोगिता गुमाउनु पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा आयोजना हुँदैछ।

युरोकप नखेल्ने स्टेगेनको उद्घोष

जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन् । घुँडाको चोटले शल्यक्रिया गर्ने भएपछि स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् । स्टेगेनले सामाजिक संजालबाट आफुले युरोकप नखेल्ने बताएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफुलाई दुख लागेको समेत बताएका छन् । तर, स्टेगेनले आफुले पहिले आफ्नो स्वास्थ्य र करियरलाई ध्यानमा राखेको बताएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।

चोटका कारण जर्मन गोलकिपर मार्क टेर स्टेगनले युरोकप गुमाउने

३ जेठ काठमाडौं । जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले अर्को महिनादेखि हुने युरोकप फुटबल गुमाउने भएका छन् । चोटका कारण २० वर्षीय गोलकिपर टेर स्टेगनले युरोकप गुमाउने भएका हुन् । स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने टेर स्टेगेनले सोमबार सामाजिक सञ्जालमार्फत युरोकप गुमाउनुपर्दा आफूलाई दुःख लागेको बताएका छन् । ‘म दुःखी छु । धेरै […]