काठमाडौं : थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ। प्रतियोगिताको महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गरेकी हुन्।सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन्। रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन्। उनलाई पराजित गर्ने फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन्। सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो।प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थाप