थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सेनालाई कास्य

थाइल्याण्डको बैंककमा भएको ‘थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप’मा नेपाली सेनाकी खेलाडीले कास्य पदक जितेकी छिन् । प्रतियोगितामा खेलाडी पुनम रावलले कास्य पदक हाँसिल गरेकी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगिता चैत १८ देखि  २७ गतेसम्म भएको थियो ।