काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा पानी परिरहेको छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा गएराति देखि र बाँकी स्थानमा आज बिहानदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएर पानी परेको हो। काठमाडौं उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा दिउँसोसम्म पानी पर्नेछ भने बाँकी प्रदेशमा बेलुकासम्म पर्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।