काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निरन्तरको विरोधपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ। यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ। नयाँ समायोजित मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।