काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले २ सय २० किलो भोल्ट (केभी) का तीन वटा सबस्टेशन सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २ सय २० केभी सबस्टेशनमा हिजोदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ ।
२२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेशनमा क्रमश : २ सय ६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । साथै काेसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २ सय २० केभ...