काठमाडौँ-नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको आनन्द ढुंगानाविरुद्ध पार्टी कार्यालयमा उजुरी परेको छ। कांग्रेसले ढुंगानालाई मधेश प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार बनाएको छ। ढुंगानाविरुद्ध उनकै निर्वाचन क्षेत्र (धनुषा १)का महाधिवेशन प्रतिनिधि भोला पंजियारले रकम हिनामिना गरिदिएको आरोपमा उजुरी दिएका हुन्। अनुशासन समितिका संयोजक समेत रहेका ढुंगानाविरुद्ध अघिल्लो राष्ट्रियसभा निर्वाचनमा भोट किन्न भनेर उठाएको १० लाख रुपैँया हिनामिना […]