रौतहट : मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा जस्तो साम्प्रदायिक पार्टीसँग एमालेले गठबन्धन गरेको भन्दै रौतहटका चर्चित नेता प्रभु साहले पार्टीको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।उनले रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।नेकपा एमालेका प्रभावशाली नेता मानिएका साहले रौतहट निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको कार्यालय कटहरियामा उपस्थित भई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।नेता साहले उम्मेदवारी दर