हिमालयन स्टक एक्सचेन्जको विवाद कसरी सुल्झेला ? यस्तो भन्छ धितोपत्र बोर्ड

काठमाडौं  । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएका तीन कम्पनीमध्ये एउटाको विषयमा विवाद उत्पन्न भएको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि SEBON समक्ष हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण stock exchange लिमिटेडले आवेदन दर्ता गराएका छन् ।  सबैभन्दा पहिला बोर्डमा निवेदन दर्ता गराएको हिमालयन स्टक एक्सचेन्जको विषयमा विवाद उत्पन्न भएको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले आफूहरूले हिमालयन स्टक एक्सचेन्ज लिमिटेडको नामबाट २०६६ सालमै लाइसेन्सका लागि निवेदन दर्ता गरिसकेको दाबी गरेका छन् । उनले २०६६ मङ्सिर १५ गते १७ ओटा कम्पनी मिलेर हिमालयन स्टक एक्सचेन्ज लिमिटेडको नामबाट आवश्यक सम्पूर्ण कागजातसहित लाइसेन्सका लागि आवेदन पेश गरेको बताएका छन् । भट्टराईले ‘२५ हजार रुपैयाँ धरौटीसमेत राखेर दिएको निवेदन टुंगो नलगाई एउटै नामको नयाँ आवेदन कसरी लिन मिल्छ’ भन्दै प्रश्न गरेका छन् ।  नयाँ लाइसेन्सका सम्बन्धमा बोर्डले शुरूका दिनदेखि नै विभिन्न विवाद खेप्दै आएको छ । नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको दुईओटा रिट सर्वोच्च अदालतबाट खारेज भएपछि प्रक्रिया अघि बढाएको बोर्डले भट्टराईले गरेको प्रश्नको समेत जवाफ दिनुपर्ने देखिन्छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले कानूनमा भएको व्यवस्थाअनुसार बोर्डले तीन कम्पनीको आवेदन प्राप्त गरेको र तीमध्ये एउटाले मात्र लाइसेन्स पाउने बताए । बोर्डले तीन कम्पनीमध्ये एउटालाई मात्र स्टक एक्सचेन्जको लाइसेन्स दिने भएकाले प्रक्रियामा कुनै त्रुटि नहुने देवकोटाको भनाइ छ ।  यसअघि पनि बोर्डले स्टक एक्सचेन्जका लागि आवेदन माग गरेको जानकारी आफूलाई भए पनि उक्त अवधिमा दिएका आवेदन अद्यावधिकको अवस्थाबारे जानकारी नभएको देवकोटाको भनाइ छ । बोर्डले एउटै नामको अर्को आवेदन पनि लिएको भन्ने आरोपका विषयमा भने उनले भोलिका दिनमा यसअघिको अवस्थाबारे पनि छानबिन भएर अघि बढ्ने स्पष्ट पारे । यसअघि दर्ता भएका कम्पनी हालसम्म कानूनबमोजिम जीवित भए/नभएको र आगामी दिनमा उक्त आवेदन स्वीकार्न सक्ने अवस्थामा रहे/नरहेको विषयमा अवश्य छानबिन हुने देवकोटाले बताए ।  २०६६ सालमा निवेदन दिएको हिमालयन स्टक एक्सचेन्ज लिमिटेडमा महालक्ष्मी फाइनान्स, भिबोर सोसाइटी डेभलमपेन्ट बैंक लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, एनएलजी इन्स्योरेन्स, जनता बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सेन्ट्रल फाइनान्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, ललितपुर फाइनान्स, महालक्ष्मी विकास बैंकलगायतको लगानी थियो । बोर्डमा हाल आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा भने शंकर ग्रूप, दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा, निवर्तमान अध्यक्ष शेखर गोल्छा, राजेन्द्र खेतान, सौरभ ज्योतिलगायतको लगानी छ । बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लागि गत भदौमा धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रोपटक संशोधन गरी लागू गरेको थियो । नयाँ व्यवस्थाअनुसार धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम दर्ता भएको संगठित संस्थाले दर्ता भएको मितिले ६ महीनाभित्र आवेदन दिनुपर्नेछ ।  नयाँ स्टक एक्सचेन्जको चुक्तापूँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । बोर्डबाट स्वीकृति पाई कारोबार सञ्चालन गरेको २ वर्षभित्र कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गरिसक्नुपर्नेछ । कानूनबमोजिम स्थापना भएको प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्र धितोपत्र बजारको संस्थापक शेयर ग्रहण गर्न सक्नेछन् । #economy #market #newbusinessage #aarthikabhiyan #abhiyandaily #share #investment #NEPSE #IPO #sharemarket #SEBON  

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोपमा धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १३ जना लगानीकर्ताको हस्ताक्षरसहित...

लगानीकर्ता सचेतना बढाउन धितोपत्र बोर्ड र महासंघबीच सहकार्य

पुँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । पुँजी बजारसम्बन्धी ज्ञान र अभिवृद्धिका लागि लगानीकर्ता...

निर्वाचन आयोगले सोध्यो धितोपत्र बोर्ड र बीमा समितिलाई स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड र बीमा समितिसँग स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता लागु भइरहेको अवस्थामा सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत लाइसेन्स वितरण गर्न खोजेको भन्ने विवरण सार्वजनिक भएकाले आयोगले स्पष्ट पार्न भनेको हो। आयोगले आचारसंहिता विपरीत दीर्घकालीन असर पार्ने क्रियाकलाप र योजना अघि नबढाउन भनेको छ। यस्तो अवस्थामा धितोपत्र बोर्ड […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

२ फागुन, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिका एक सदस्यका अनुसार सिफारिसको पहिलो नम्बरमा डा. रमेश हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेल रहेका छन् । यसअघि सर्टलिस्टमा परेका निरज गिरी र कटुवाल भने सिफारिसमा परेनन् ।

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहिबार एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत ११ कात्तिकमा एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

दुई महिनादेखि धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, दैनिक कामकारबाही प्रभावित

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) नेतृत्वविहीन भएको करिब दुई महिना बितिसक्दा पनि सरकारी निकायले कुनै चासो देखाउन सकेको छैन । नियामक नेतृत्वविहन हुँदा पुँजी बजारमा हुने पोलिसी निर्माणदेखि दैनिक...

धितोपत्र बोर्ड अगाडि शेयर लगानीकर्ताको धर्ना

५ असोज, काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अगाडि शेयर बजारका लगानीकर्ताहरुले धर्ना दिएका छन् । लगानीकर्ताहरुले १८ बुँदे माग राख्दै बोर्ड कार्यालय अगाडि पुगेर मंगलबार धर्नामा बसेका हुन् । उनीहरुले विभिन्न १८ बुँदे मागहरु अघि सारेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो अख्तियार दुरुपयोग गरी बजार घटाउन लागिरहेको […]