काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा लैजान खोजेको आरोप लगाएका छन्।काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै ओलीले गलत मान्छेको संगत (प्रचण्ड, माधव नेपालतर्फ संकेत गर्दै)मा परेर हो कि आफैँ हो, कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धामा नभइ दुस्मनीतर्फ लगिरहेको टिप्पणी गरे।'कांग्रेस गलत मान्छेको संगतमा परेर हो कि आफैँ हो। लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको छ। राजनीतिलाई प्रतिस्पर्धामा