बाग्लुङ – पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातिमध्येको एक अकबरे खुर्सानीको सिगानाका किसानले व्यावसायिक उत्पादन थालेका छन् ।
खानाका लागि पिरोसँगै स्वास्थ्यवर्द्धक मानिएको अकबरे खुर्सानीको बाग्लुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् ।
सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताउनुभयो ।
उहाँले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्या...