पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको बागलुङ सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । अहिले यहाँका खुर्सानी यृरोप, अमेरिका पुग्न थालेको छ । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताउनुभयो । …