भोजपुर जिल्लाको भोजपुर नगरपालिका– ५ बोखिमकी कृषक सङ्गीता प्रधानले विक्री गर्नका लागि टिपेर राखेको अकबरे खुर्सानी । यो खुर्सानी स्थानीय बजारमा २५० देखि ३०० रुपैयाँसम्म विक्री हुने गरेको छ । अकबरे खुर्सानी नेपालको धेरै भू भागमा उत्पादन हुन्छ । भोजपुर, इलाम, पाँचथर जस्ता ठाउँ त अकबरे खुर्सानीकै लागि कहलिएको छ ।अकबरे पीरो मात्र होइन, गुनिलो पनि हुन्छ । अकबरे खुर्सानीको सेवन खासगरी पेटको समस्यामा उपयोगी हुन्छ । ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने बताइन्छ । यसैगरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ । तस्वीर : रासस