दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालले भीमेश्वर नगरपालिका-६ का बासिन्दालाई उपचारमा छुट दिने भएको छ।अस्पताल र फूलबारी टोल सुधार समितिबीच स्वास्थ्य सेवामा ३० प्रतिशत छुट दिने सहमति भएको हो। सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालका मेडिकल डाइरेक्टर विनोद डंगोल र फूलबारी टोल सुधार समिति भीमेश्वर नगरपालिका-६ का अध्यक्ष गणेश शिवाकोटीबीच आज सहमतिपत्रमा हस्ताक्षर भएको हो।सदरमुकाम चरिकोटमा विशेषज्ञ सेवासहित शुरु भएको अस्पतालले समुदायका कोही पनि स्वा