१० वर्षे अवधिको प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

जेठ २६, काठमाडौं । जेठ ११ गतेदेखि विक्री खुला भएको प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरकोे कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।  कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गरेको हो ।  ‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्रको विक्री बन्द हुने छिटो अवधि जेठ १६ गतेसम्म रहेपनि उक्त अवधिमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधिमा विक्री बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।  प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

सम्बन्धित सामग्री

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।  सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा

सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले असार १० गते ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । स

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो । बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ  । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो। बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो। बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो। जसमा वार्षिक १०।७५ प्रतिशत […]

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ असार ।  सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो । बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ  । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको […]

प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्राइम कमर्शियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज असार १४ गते अन्तिम दिन रहेको छ। बैंकले जेठ ३१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ३० लाख कित्ता निजि अर्थात् व्यक्तिगत तबरले र २० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ। सर्बसाधारणलाई निष्काशन गरिने कित्ता मध्ये ५ प्रतिशत सामुहिक लगानी कोषहरुको लागि छुट्याउने गरिएकोमा  यस ऋणपत्रमा सामुहिक लगानी  कोषहरुले भने आवेदन दिएका छैनन्।   आवेदन दिंदा न्यूनतम २५ कित्ता र अधिकतम १०  लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ। ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.१५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ १८ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो।

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट बैंक Everest Bank Limited को ऋणपत्रमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन रहेको छ । बैंकले माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि १० वर्षे अवधिको ३० लाख कित्ता बिक्रि खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रिमा ल्याएको हो । बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७’ नामको ऋणपत्र जारी गर्न लागेको हो । कुल […]

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

असार ३०, काठमाडौं । असार २० गतेदेखि निष्कासन तथा विक्री खुला भएको ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको यस ऋणपत्र निष्कासन गरेको हो ।  बैंकले रू. १ अर्ब ५० करोड बराबारको १५ लाख कित्ता विक्री खुला गरेको हो । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ ।  उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि असार २३ गतेसम्म भएपनि ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि आज (मंगलवार) सम्म नै विक्री गरेको कम्पनीले जानकारी दिएको छ ।  यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो ।  बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।