कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । यसमा