काठमाडौँ – आज निर्वाचन आयोग नेपालका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् । आगामी प्रदेश र संघको निर्वाचनका लागि मिति तय गर्न आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्। आगामी मंसिर २ वा ५ गते निर्वाचनको मिति घोषणा गर्ने आयोगको तयारी छ। आयोगले एकै चरणमा प्रदेश र संघको निर्वाचन गर्ने गरेर तयारी गरेको छ।