गेटा अस्पताल आजदेखि संचालनमा आउने, सेवाग्राहीले पाउनेछन् यी सेवा
यसैगगरी, अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा विस्तार गर्ने निर्देशक डा प्रमोद जोशीले जानकारी दिए।
अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'
अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'
कैलालीको गेटा अस्पताल भाेली (बुधबार) देखि संचालमा आउने भएको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलीदेखि अस्पतालमा विभिन्न ८ वटा सेवा प्रदान गर्ने जनाएको छ।
काठमाडौं । भारतको उत्तरप्रदेशबाट आएका जितेन्द्र शर्मा धनगढीस्थित नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको गेटा आँखा अस्पताल परिसरमा भेटिए । उनी आफ्ना पाँचजना आफन्तको आँखाको शल्यक्रिया गराउन ३०० किलोमीटरको यात्रा गरेर धनगढी आएका हुन् ।
जितेन्द्र पहिलोपटक गेटा अस्पताल आएका भने होइनन् । साधारण नेपालीसमेत बोल्न जान्ने उनले अहिलेसम्म आफ्नो गाउँबाट करीब ५०० जनालाई उपचार गराउन गेटा अस्पताल ल्याइसकेको बताए । भारतमा आफ्नो घरबाट करीब ३० किलोमीटरको दूरीमा आँखा अस्पताल भए पनि गेटाको गुणस्तरीय स्वास्थ्य सेवा र सुलभ उपचार शुल्कका कारण आफूहरू भारतमा उपचार नगराई यहाँ आउने गरेको उनले सुनाए ।
‘अहिलेसम्म मैले ल्याएका सबैको उपचार एकदमै राम्रो भएको छ । हाम्रो जिल्लामा यहाँ गरेको जस्तो उपचार हँुदैन,’ उनले भने । भारतमा मोतिबिन्दुको शल्यक्रिया गर्दा करीब १५ हजार रुपया खर्च हुने, तर नेपालमा आउने–जाने भाडा र खानासहित ६ हजार रुपयामै उपचार हुने भएकाले आफ्नो जिल्लाका अधिकांश आँखारोगी यहीँ आउने गरेको उनले बताए ।
उत्तरप्रदेशकै कर्नाेल जिल्लाबाट मोतिबिन्दुको शल्यक्रियाका लागि नेपाल आएका ७५ वर्षीय नथ्थु सिंह प्रसन्न मुद्रामा भेटिए । करीब २ वर्षदेखि मोतीबिन्दुका कारण राम्रोसँग आँखा नदेखेका उनले शल्यक्रियापछि आफूले नयाँ जीवन पाएको अनुभव सुनाए । आफ्नो घरबाट १० किलोमीटर दूरीमै आँखा अस्पताल भए पनि उनलाई त्यहाँभन्दा नेपालमै आँखा उपचार गराउन मन लाग्यो । ‘आफ्नो छिमेकी र पहिले यहाँ आएर उपचार गराएका आफन्तको कुरा सुनेपछि यतै आएँ,’ उनले भने ।
गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भारतीय नै हुन्छन् । आँखाको शल्यक्रिया गराउन आउनेहरू ६० प्रतिशतभन्दा धेरै भारतीय हुने गरेको अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालले नेपालीका लागि सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, डँडेलधुरा र टीकापुरमा दोस्रो तहका अस्पताल स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । साथै धनगढीमा हप्तामा एकपटक र कञ्चनपुरको बेलौरीमा महीनामा एकपटक शल्यक्रिया सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो, जसमध्ये ११ हजार ५९२ जना भारतीय नागरिक थिए । उक्त अवधिमा अस्पतालबाट ८ हजार २३६ जना भारतीयको मोतिबिन्दुको शल्यक्रिया भएको अस्पतालको तथ्यांक छ ।
सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले १८ ओटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । अस्पतालले प्रदेशका ९ ओटै जिल्लामा आँखा उपचार सेवा पुर्याएको अस्पतालका आउटरिच म्यानेजर रमेशचन्द्र भट्टले बताए ।
गतवर्ष गेटा आँखा अस्पताल र मातहतका केन्द्र तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएको थियो । तीमध्ये २४ हजार १४१ जनाको शल्यक्रिया भएको थियो । अस्पतालले हरेक वर्ष ६० भन्दा धेरै ठाउँमा आँखा उपचार शिविर निःशुल्क सञ्चालन गर्ने गरेको छ ।