गेटा आँखा अस्पताल : उपचारका लागि आउने नेपालीभन्दा भारतीय बढी

काठमाडौं  । भारतको उत्तरप्रदेशबाट आएका जितेन्द्र शर्मा धनगढीस्थित नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको गेटा आँखा अस्पताल परिसरमा भेटिए । उनी आफ्ना पाँचजना आफन्तको आँखाको शल्यक्रिया गराउन ३०० किलोमीटरको यात्रा गरेर धनगढी आएका हुन् । जितेन्द्र पहिलोपटक गेटा अस्पताल आएका भने होइनन् । साधारण नेपालीसमेत बोल्न जान्ने उनले अहिलेसम्म आफ्नो गाउँबाट करीब ५०० जनालाई उपचार गराउन गेटा अस्पताल ल्याइसकेको बताए । भारतमा आफ्नो घरबाट करीब ३० किलोमीटरको दूरीमा आँखा अस्पताल भए पनि गेटाको गुणस्तरीय स्वास्थ्य सेवा र सुलभ उपचार शुल्कका कारण आफूहरू भारतमा उपचार नगराई यहाँ आउने गरेको उनले सुनाए । ‘अहिलेसम्म मैले ल्याएका सबैको उपचार एकदमै राम्रो भएको छ । हाम्रो जिल्लामा यहाँ गरेको जस्तो उपचार हँुदैन,’ उनले भने । भारतमा मोतिबिन्दुको शल्यक्रिया गर्दा करीब १५ हजार रुपया खर्च हुने, तर नेपालमा आउने–जाने भाडा र खानासहित ६ हजार रुपयामै उपचार हुने भएकाले आफ्नो जिल्लाका अधिकांश आँखारोगी यहीँ आउने गरेको उनले बताए । उत्तरप्रदेशकै कर्नाेल जिल्लाबाट मोतिबिन्दुको शल्यक्रियाका लागि नेपाल आएका ७५ वर्षीय नथ्थु सिंह प्रसन्न मुद्रामा भेटिए । करीब २ वर्षदेखि मोतीबिन्दुका कारण राम्रोसँग आँखा नदेखेका उनले शल्यक्रियापछि आफूले नयाँ जीवन पाएको अनुभव सुनाए । आफ्नो घरबाट १० किलोमीटर दूरीमै आँखा अस्पताल भए पनि उनलाई त्यहाँभन्दा नेपालमै आँखा उपचार गराउन मन लाग्यो । ‘आफ्नो छिमेकी र पहिले यहाँ आएर उपचार गराएका आफन्तको कुरा सुनेपछि यतै आएँ,’ उनले भने । गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भारतीय नै हुन्छन् । आँखाको शल्यक्रिया गराउन आउनेहरू ६० प्रतिशतभन्दा धेरै भारतीय हुने गरेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालले नेपालीका लागि सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, डँडेलधुरा र टीकापुरमा दोस्रो तहका अस्पताल स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । साथै धनगढीमा हप्तामा एकपटक र कञ्चनपुरको बेलौरीमा महीनामा एकपटक शल्यक्रिया सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो, जसमध्ये ११ हजार ५९२ जना भारतीय नागरिक थिए । उक्त अवधिमा अस्पतालबाट ८ हजार २३६ जना भारतीयको मोतिबिन्दुको शल्यक्रिया भएको अस्पतालको तथ्यांक छ । सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले १८ ओटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । अस्पतालले प्रदेशका ९ ओटै जिल्लामा आँखा उपचार सेवा पुर्‍याएको अस्पतालका आउटरिच म्यानेजर रमेशचन्द्र भट्टले बताए । गतवर्ष गेटा आँखा अस्पताल र मातहतका केन्द्र तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएको थियो । तीमध्ये २४ हजार १४१ जनाको शल्यक्रिया भएको थियो । अस्पतालले हरेक वर्ष ६० भन्दा धेरै ठाउँमा आँखा उपचार शिविर निःशुल्क सञ्चालन गर्ने गरेको छ ।

सम्बन्धित सामग्री

बिमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सर्वसाधारणको उपचारवापतको बिमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ। अस्पतालले बोर्डसँग ३ करोड ६७ लाख १२ हजार १६९ रूपैयाँ रकम लिन बाँकी रहेको छ। बिमा बोर्डबाट प्राप्त हुनुपर्न...

वीमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत सर्वसाधारणको उपचार वापत्को वीमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ।...

वीमा बोर्डले भुक्तानी नदिँदा समस्यामा आँखा अस्पताल

स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत सर्वसाधारणको उपचार वापत्को वीमा बोर्डबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ।...

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।...

पाँच वर्षमै फेरिएको नेपाल आँखा अस्पताल

नेपाल आँखा अस्पताल पुगेर सेवा लिने बिरामी यतिबेला त्यहाँको सेवा लिएपछि आश्चर्यमा पर्छन्।

मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा

स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए।

इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन

मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको हो । जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले रकमान्तर गरेर ५० […]

इलाम नगरपालिकाले सञ्चालनमा ल्याए आँखा अस्पताल

मङ्गलबारे, ८ पुस: इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको हो । स्थानीय तहले सञ्चालनमा ल्याएको सामुदायिक आँखा अस्पताल देशकै पहिलो अस्पताल भएको बताइएको छ । सामुदायिक आँखा अस्पताल निर्माणका […]

इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा

इलाम- इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा सुरु भएको हो । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि […]

इलामकै पहिलो आँखा अस्पताल उद्घाटन

सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ।