धेरैजसाे कम्पनीको सेयर मूल्य घट्दा नेप्से भने बढ्यो

सोमबार सेयर बजारमा ११८ कम्पनीको मूल्य घटेको छ । कुल १९२ कम्पनीको सेयर कारोबार भएकोमा ६६ को मात्रै बढ्यो भने ८ को स्थिर रह्यो । धेरैजसाे कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक भने १.५५ अंकले बढ्यो । पुँजीकरण उच्च भएका टेलिकम, नबिल बैंक, ग्लाेबल आईएमई बैंक लगायत केही कम्पनीको मूल्य बढ्दा समग्र नेप्से प्रभावित देखिएको हो । आजको कारोबारपछि नेप्से २५४४ अंकमा कायम भएको छ ।

सम्बन्धित सामग्री

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

नेप्सेमा झिनो सुधार ,१०२ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से झिनो अङ्कले सुधार भएको छ । १. ८२ अङ्कले बढेसँगै परिसूचक २७३४ अङ्कमा कायम भएको हो । कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो । १०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ७६ कम्पनीको […]

तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीनवटा कम्पनीको सेयर मूल्य उच्च अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक दोहोरो अंकले बढेको दिन तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको हो। नेप्सेका अनुसार लक्ष्मी उन्नती कोष, सीइडीवी हाइड्रो पावर, नाग्दी ग्रुपको मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी माउन्टेन हाइड्रो, लक्ष्मी इक्यूटी फण्ड, ग्लोवल आईएमई समुन्नत–एक, पोखरा फाइनान्सको सेयर मूल्य नौ प्रतिशतले बढेकोे छ।

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा नयाँ उत्साह आएको छ। यससँगै आज पाँच वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर, हिमालयन पावर र सिंगाटी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। आज नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले उकालो लागेको छ।

१३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्यो

काठमाडौं। आज नेप्से परिसूचक ५५ अंकले बढ्दा १३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। जसमा सानिमा माई हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बाँकी १२ कम्पनीको मूल्य ९ अंकभन्दा माथिको वृद्धि आएको छ।

नेप्से घटे पनि यो कम्पनीको सेयर बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटे पनि आज कालिका पावर कम्पनीको सेयर मूल्य बढेको छ। आज मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। ४१ रूपैयाँले बढेको सेयरको मूल्य प्रति कित्ता ४५१ रूपैयाँ पुगेको छ।

११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई नयाँ किर्तिमान कायम गर्दा ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। एकै दिन सबैभन्दा बढी ११ कम्पनीको सेयर सकरात्मक सर्किट लागेको हो। यसैगरी, आज २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। सबैगरी ३१ वटा कम्पनीको सेयर मूल्यमा आज उच्चवृद्धि भएको हो।

१० प्रतिशतले बढ्यो रुरुको सेयर मूल्य

काठमाडौं। साताको पहिलो कारोबार दिन आज रुरु जलविद्युत परियोजनाको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)काअनुसार आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ। पछिल्लो समय कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै आएको छ।

१३ वटा कम्पनीको सेयर १० प्रतिशतले बढ्यो

काठमाडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। दुई कम्पनीको सेयर मूल्य १० र बाँकी ११ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको वृद्धि आएको छ। आज समत लघुवित्त वित्तीय संस्था र दिव्याश्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ। यसैगरी, तीन कम्पनीको सेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

समता लघुवित्त र रुरुको सेयर मूल्य सर्किट लेभलमा बढ्यो

काठमाडौं । आइतबार (बैशाख २६) नेप्से सूचक १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढेको छ । समताको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । यता भर्खरै मा