१३ वटा कम्पनीको सेयर १० प्रतिशतले बढ्यो

काठमाडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। दुई कम्पनीको सेयर मूल्य १० र बाँकी ११ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको वृद्धि आएको छ। आज समत लघुवित्त वित्तीय संस्था र दिव्याश्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ। यसैगरी, तीन कम्पनीको सेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

सम्बन्धित सामग्री

तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीनवटा कम्पनीको सेयर मूल्य उच्च अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक दोहोरो अंकले बढेको दिन तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको हो। नेप्सेका अनुसार लक्ष्मी उन्नती कोष, सीइडीवी हाइड्रो पावर, नाग्दी ग्रुपको मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी माउन्टेन हाइड्रो, लक्ष्मी इक्यूटी फण्ड, ग्लोवल आईएमई समुन्नत–एक, पोखरा फाइनान्सको सेयर मूल्य नौ प्रतिशतले बढेकोे छ।

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा नयाँ उत्साह आएको छ। यससँगै आज पाँच वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर, हिमालयन पावर र सिंगाटी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ। आज नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले उकालो लागेको छ।

बजार घटेपनि बढ्यो नारायणीको सेयर मूल्य

काठमाडौं। आज सेयर बजार परिसूचकमा ७१ अंकको पहिरो आएपनि नारायणी विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। उच्चवृद्धि आएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७१७ रुपैयाँ पुगेको छ। आज यो बाहेक अन्य कम्पनीको सेयर मूल्यमा उच्चवृद्धि देखिएको छैन्।

आठ कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढ्यो

काठमाडौं। आज शेयर बजार घटेपनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटेको छ। बजार १३ अंकले घट्दा ती कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको हो। नेपाल इन्स्यारेन्स, युनाइटेड मोदी हाइड्रो, रिद्धि हाइड्रोपावर डेभलपमेन्ट, अरुण भ्याली हाइड्रो, सीईडिबी हाइड्रो, बरुण हाइड्रो, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ उच्च अंकले बढेको हो।

१३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्यो

काठमाडौं। आज नेप्से परिसूचक ५५ अंकले बढ्दा १३ कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। जसमा सानिमा माई हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बाँकी १२ कम्पनीको मूल्य ९ अंकभन्दा माथिको वृद्धि आएको छ।

नेप्से घटे पनि यो कम्पनीको सेयर बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटे पनि आज कालिका पावर कम्पनीको सेयर मूल्य बढेको छ। आज मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। ४१ रूपैयाँले बढेको सेयरको मूल्य प्रति कित्ता ४५१ रूपैयाँ पुगेको छ।

११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई नयाँ किर्तिमान कायम गर्दा ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। एकै दिन सबैभन्दा बढी ११ कम्पनीको सेयर सकरात्मक सर्किट लागेको हो। यसैगरी, आज २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। सबैगरी ३१ वटा कम्पनीको सेयर मूल्यमा आज उच्चवृद्धि भएको हो।

१० प्रतिशतले बढ्यो रुरुको सेयर मूल्य

काठमाडौं। साताको पहिलो कारोबार दिन आज रुरु जलविद्युत परियोजनाको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)काअनुसार आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ। पछिल्लो समय कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै आएको छ।

१० प्रतिशत बढ्यो बोटलर्स नेपाल (तराई)को सेयर

काठमाडौं। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण सर्वाजनिक भएपछि आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो। प्रतिकित्ता ९१५ रुपैयाँले बढ्दै आज कम्पनीको सेयर मूल्य १० हजार ६५ रुपैयाँ पुगेर रोकिएको छ।