काभ्रे : जिल्लामा दोस्रो लहरको कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ। बिहीबार कोरोनाको कारण बनेपा नगरपालिका–१४ का ५० वर्षीय पुरुष र पनौती नगरपालिका–१० की ५३ वर्षिया महिलाको मृत्यु भएको हो।योसँगै काभ्रेमा दोस्रो लहरको कोरोनाबाट मात्रै मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ। स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार यो मृत्युदर पहिलो लहरको तुलनामा दोब्बर बढी हो। पहिलो लहरमा जम्मा ४५ जनाको मात्रै मृत्यु भएको थियो।स्वास्थ्य का