काठमाडौं (अस) सानिमा बैंकले ‘सानिमा डबल धमाका’ मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना व्यक्तिगत ग्राहकलाई लक्षित गरी उक्त योजना ल्याएको हो । बैंकका अनुसार उक्त योजना अन्तर्गत ग्राहकले न्यूनतम ५ लाख रुपैयाँमा मुद्दती खाता खोल्न सक्नेछन् ।
साढे ६ वर्षमा ग्राहकले सो रकमको दोब्बर पाउने बैंकले बताएको छ । ‘मुद्दती निक्षेप रकमको परिपक्वतापछि दोब्बर भुक्तानी गरिनेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त रकमको प्रतिफलमा लाग्ने कर रकम ग्राहकले नै बेहोर्नुपर्ने र व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्म कर्जा लिन सकिने बताइएको छ । ग्राहकले २ लाख रुपैयाँसम्मको नि:शुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने पनि बैंकले जानकारी गराएको छ ।