ओलीलाई महाअभियानको ध्यानाकर्षण

नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणका विरुद्धमा लड्नका लागि भन्दै केही अगाडि ‘नेपाली संस्कृति बचाऔँ, राष्ट्रिय महाअभियान २०७८’ घोषणा भएको थियो । परिवर्तन नेपाल नामक संस्थाले घोषणा गरेको महाअभियानको संयोजकमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् ।नेपालमा भएको कला संस्कृति अतिक्रमणको विषयमा महाअभियानले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराएको छ । बुधबार ओली निवास बालकोटमा भेट गर्दै महाअभियानको एक टोलीले देशमा

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठानका समस्याबारे एमालेको ध्यानाकर्षण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।...

बिपी प्रतिष्ठानका समस्याबारे एमालेको ध्यानाकर्षण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।...

महन्थ ठाकुरद्वारा ओलीलाई धन्यवाद, देउवालाई ध्यानाकर्षण

जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले मधेशको माग/मुद्दालाई सम्बोधन गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सकारात्मक पहलका लागि धन्यवाद दिएको छ । यस्तै आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा मंगलबार सम्पन्न ठाकुर पक्षीय कार्यकारिणी समितिको बैठकले ओलीलाई धन्यवाद दिँदै देउवालाई माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको हो ।संव

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सभापति शेरबहादुर देउवाले पत्र बुझाएका हुन्। खोप आपूर्तिको व्यवस्था गर्नुपर्ने, अक्सिजन प्लान्ट र सिलिण्डर तत्काल आपूर्ति गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, उद्योग व्यवसायलाई पुनर्कर्जा सुविधा र व्याजमा सहुलितय दिने व्यवस्था हुनुपर्ने लगायतका माग रहेका छन्।

कोरोना रोकथाम र उपचारमा गम्भीर हुन प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

कोरोना रोकथाम, नियन्त्रण र उपचारका विषयमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले ध्यानाकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर सहित नेताहरु डा. रामशरण महत, प्रकाशशरण महत लगायतका  नेताहरुले सिंहदरबार पुगेर...

देउवाले प्रधानमन्त्री ओलीलाई भेट्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन्। कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि संसदीय दलको नेतृत्व गर्दै देउवाले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्। कांग्रेस संसदीय दल कार्यसमितिको बिहीवार बसेको बैठकले बिभिन्न ११ बुँदे निर्णय गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको…

प्रधानमन्त्री ओलीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडाैं : निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्नुपर्ने बताएका छन्। ओलीले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई जिताउन गरेको अपिलप्रति दाहालको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।  आज उनको निजी सचिवालयले एक विज्ञप्ति निकालेर स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो भएको र प्रधानमन्त्रीको यो कदमले निर्वाचनमा प्रभाव पार्ने बताएको छ। साथै ओल

प्रधानमन्त्री ओलीलाई पुनः शपथ ग्रहण गराउन जसपाकाे माग

काठमाण्डाै – जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गरेको छ । शपथ ग्रहणको क्रममा ओलीले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएको भन्दै जसपाले विज्ञप्ति नै निकालेर पुनः शपथ ग्रहणको माग गरेको हो ।  गएको वैशाख ३१ गते प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा त्यो पर्दैन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्याउनु भएको थिएन ।  यही विषयमा जसपा अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको भन्दै पुनः शपथ ग्रहण गराउ...

माधव समूहले दियो ओलीलाई सोमबार ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ ।आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो । ‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेक

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’