रुकुम : १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा महतबाट धर्मशाला हुँदै रोल्पाको थवाङमा धेरै गुरिल्ला हिँडे। तत्कालीन माओवादीले तयार पारेका लडाकु महतबाट धर्मशाला भएर थवाङ मात्रै पुगेनन्, म्याग्दी, बागलुङ र रुकुम पश्चिम लगायत धेरै जिल्ला हिँडे।सरकारी सुरक्षाकर्मीको आँखा छल्दै गुरिल्ला हिँड्ने एउटा रुट हो, ६२ किलोमिटर गुरिल्ला अल्ट्रा दौडको रुट महतबाट सुरु भई धर्मशाला–लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठूलो लेक हुँदै